सोलुमा आइपुग्यो कक्षा १ देखि ५ सम्मको नयाँ पाठ्यपुस्तक

सोलुखुम्बु – सोलुखुम्बुमा कक्षा १ देखि ५ सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ ।

बिज्ञापन

जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक आइतबार आइपुगेको हो । यस वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक सोलुखुम्बु आइपुगेको हो ।

बिज्ञापन

सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक ल्याइएको विद्यार्थी पुस्तक पसलका सञ्चालक छोकी माया तामाङले बताउनुभयो । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडबाट ल्याइएको पुस्तक हाल सम्म जिल्लाको ६२ वटा विद्यालयबाट माग गरिएको छ ।

कक्षा ६ देखि कक्षा १२ सम्मको पुस्तक ल्याउने तयारी भइरहेको तामाङले बताउनुभयो । विगतका वर्षमा सिजन सुरु भएको दुई महिनासम्म पनि जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा व्यवसायीले जिल्लामा सबै विषयको पुस्तक ल्याउन सकेका थिएनन् ।

बिज्ञापन

तर यस वर्ष केन्द्रले बेलैमा सेट सङ्ख्यामा पुस्तक प्रकाशन गरेका कारण भने चाँडै नै पाठ्यपुस्तक जिल्लामा ल्याउन सफल भएको पुस्तक व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु