सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा

एजेन्सी । अदा शर्मा अहिले आफ्नो फिल्म ‘बस्तर द नक्सल स्टोरी’ को कारण चर्चामा छिन् । लामो समयदेखि खबरहरू आइरहेका थिए कि उनी स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेकी छिन् ।

अहिले उनले आफैंले एक अन्तर्वार्तामा आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् ।

बिज्ञापन

इ–टाइम्सको रिपोर्ट अनुसार, अदा शर्माले अक्टोबर २०२३ मा लीज सम्झौतामा हस्ताक्षर गरी पाँच वर्षको लागि घर आफ्नो नाममा लिएकी छन् । अभिनेत्री यस वर्षको सुरुमा आफ्नी आमा र हजुरआमासँग त्यहाँ बस्न थालिन् । रिपोर्टका अनुसार अदाले यो घर पाँच वर्षको लागि भाडामा लिएकी छन् ।

बिज्ञापन

बम्बे टाइम्ससँग कुरा गर्दै अदा आफैले यो जानकारी दिएकी हुन् । उनले भनिन्–‘म चार महिनाअघि मात्र फ्ल्याटमा सिफ्ट भएकी थिएँ तर ओटीटीमा मेरो प्रोजेक्ट ‘बस्तर द नक्सल स्टोरी’को प्रमोशनमा व्यस्त थिएँ । अहिले कामबाट केही समय छुटाएर यहीँ बसेको छु ।’

अदाले आफ्नो जीवनभर बान्द्राको पाली हिलमा एउटै घरमा बसेको बताइन् । ‘यो पहिलो पटक हो कि मैले मेरो बस्ने ठाउँ परिवर्तन गरेको छु । म भाइब्सको बारेमा धेरै संवेदनशील छु र यो ठाउँले मलाई सकारात्मक भाइब्स दिन्छ । केरला र मुम्बईमा हाम्रा घरहरू रूखहरूले घेरिएका छन् । चरा र गिलहरीलाई खाना खुवाउँथ्यौं । जसकारण मलाई समान दृश्यहरू र चराहरूलाई खुवाउन पर्याप्त ठाउँ भएको घर चाहिएको हो ।’ उनले भनिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु