सुर्खेतमा बोलेरो गाडी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।आज बिहान सुर्खेत जिल्लाको विरेन्द्रनगर न.पा.१३ टाकुरीमोड स्थित सुर्खेत-दैलेख सडक खण्डमा दैलेखतर्फ जादै गरेको भे १ च २५६० नं को वोलेरो जिप अनियन्त्रित भई सडक देखि अं ४०० मि. तल खस्न जादा भएको सवारी दुर्घटनामा चार जना व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको र दुई जना व्यक्ति घाईते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ।
मृत्यु हुनेमा कालिकोट जिल्ला शुभकालिका गा.पा.-३ का वर्ष ५५का तन्त वि.क., ऐ.ऐ. का वर्ष २७ का विरेन्द्र वि.क, ऐ.ऐ. का वर्ष २७ को नवराज वि.क.,४. र दैलेख भैरबि गा.पा.०४ का वर्ष ३८ का महेन्द्र शाही रहेका छ्न । भने घाइते हुनेमा कालिकोट जिल्ला शुभकालिका गा.पा.-०३ वस्ने वर्ष ३८ का नरि वि.क. ( मध्यम अवस्था), कालिकोट खाडाचक्र न.पा.-०९ वस्ने वर्ष २५ का नरेन्द्र विष्ट ( बोलेरो चालक; अवस्था सिरियस देखीएको छ ।
सुर्खेतमा बोलेरो गाडी दुर्घटनामा ४ जनाको मृत्यु
