जिल्ला प्रशासन कार्यालय सुनसरीले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
बिज्ञापन
प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कफ्र्यु आदेश जारी गरेको हो । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।
बिज्ञापन
भुटाहामा शुक्रबार हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । प्रहरीले अहिलेसम्म चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरिसकेको छ ।