सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य स्थिर रहि शुक्रबार कै रकममा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

शुक्रबार छापावाल सुन तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

बिज्ञापन

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी शुक्रबार कै मूल्यमा यथावत रहि प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु