सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रतितोला २ हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ ।

बिज्ञापन

शुक्रबार छापावाल सुनको मूल्य हालसम्म कै उच्च प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार उक्त सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भईरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु