सिरोहियालाई नागरिकता जारी गर्ने र प्रतिलिपी दिने कर्मचारीलाई पक्राउ गर्ने तयारी

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता जारी गर्ने र प्रतिलिपी दिने कर्मचारी पनि पक्राउ पर्ने भएका छन् ।

सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको हो ।

बिज्ञापन

०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व घासीराम मारवाडीको नागरिकता अंकिकृत भएकोमा सिरोहियालाई वंशजको आधारमा नागरिकता दिईएको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेका थिए । त्यसको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत दाहालले दिएका थिए । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि बुधबार हिरासतमुक्त भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु