सिडियोकै अगाडी हुलाक टिकट ठगी, बेखबर सिरहा प्रशासन

सिरहा । ठगी धन्दा चलाउने जोकोहीलाई पनि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई हुन्छ । तर सिरहामा सिडिओकै अगाडी ठगीधन्दा विगत लामो समयदेखि चलिआएको छ ।

बिज्ञापन

सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चालित पसलमा हुलाक टिकटमा खुलेयाम ठगी भइरहेको छ । दैनिक सयौं सेवाग्राही ठगिदै आएका छन् । तर ठगीधन्दा चलाउनेतर्फ कसैको ध्यान पुगेको छैन । १० रुपैयाँको हुलाक टिकट १५ रुपैयाँमा सेवाग्राही किन्न बाध्य छन् ।
नागरिकताको प्रतिलिपि लिन १३ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्छ । त्यसका लागि सेवाग्राहीसँग जिल्ला प्रशासन कार्यालय अगाडी सञ्चालित पसलहरुमा २० रुपैयाँ लिने गरेको पाइएको छ । १३ रुपैयाँको टिकट २० रुपैयाँमा बेच्न पाइन्छ ? भन्ने प्रश्न सेवाग्राहीले पसलेलाई गरेपछि उनी दुव्र्यवहारमा परे । ति सेवाग्राहीले भने, ‘पसलेहरु दादागिरी शैलीमा हुलाक टिकट बेच्छन् । यहाँ बोल्ने कोही छैनन् ।’ बाहिर जाताततै ठगी त भइरहेकै छ , सिडियोको आँखा अगाडीनै ठग्ने काम भइरहँदा आश्चर्य लाग्यो’,उनले भने, ‘यो बिषयमा सिडियो साहेबको ध्यानाकर्षण होस् ।तपाईहरु पनि समाचार लेख्नुस् न । ’हुलाक टिकट नाफा लिएर बेच्न नपाइने हुलाक कार्यालय सिरहाले जनाएको छ । एक कर्मचारीले भने, हुलाक टिकट विशुद्ध सेवा हो । जति रुपैयाँको टिकट हुन्छ, त्यती रुपैयाँमै बेच्नुपर्ने हो । बढीमा बेच्न पाइदैन ।’

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु