सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक बस्दै

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्दैछ ।

सभामुख देबराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक बस्न लागेको सभामुख सचिवालयले जनाएको छ ।

बिज्ञापन

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न  एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

बिज्ञापन

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहनु भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु