सल्यान सिद्धकुमाख ग्रुप दक्षिण कोरियाले गर्यो टुहुरा बनेका बालबालिकाहरुलाई आर्थिक सहयोग

सल्यान सिद्धकुमाख ४ सागिनेमा गत जेठ १ गते बुबाले आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेपछि टुहुरा बनेका बालबालिकाहरुलाई सिद्धकुमाख गाउँपालिका घर भई रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहनुभएकाहरुको समुह सल्यान सिद्धकुमाख ग्रुप दक्षिण कोरियाले रु।८४,२७३ सहयोग हस्तान्तरण गरेको छ । उक्त घटना पस्चात सिद्धकुमाख ३ ढोरचौरका जिबराज बोहराले ग्रुपका सदस्यहरुसङ्ग सहयोग अभियान चलाइदिन अनुरोध गरेपछी ग्रुपका सदस्यहरुले आकस्मिक छलफल गरि सहयोग सङ्कलन गरेका थियो।उक्त अभियान बन्द हुदा सम्म ८,७०,२२२ कोरियन वन बराबर नेपाली रुपैयाँ ८४,२७३ रकम नेपाल पठाइसकेपछी पनि थप ५५,५५५ कोरियन वन बराबर नेपाली रुपैया ५,१५३ थपिएको थियो। पछि थपिएको रकम पनि केही दिनमै सम्बन्धित ठाउँमा पुग्ने ग्रुपका सदस्य भिमराज बुढाथोकीले जानकारी दिनुभयो।
संकलित सहयोग रकम जिबराज बोहरा र हरिहर बुढाथोकीले घरमै पुगेर सिद्धकुमाख गाउँपालिकाकी कार्यपालिका सदस्य करुणा रानाको रोहबरमा रु।८४,२७३ बराबरको चेक हस्तान्तरण गर्दै सम्पुर्ण सहयोगी मनहरुप्रती धन्यवाद ज्ञापन गर्नुभएको थियो। बिगतका दिनहरुमा कोरियामा रहनुहुने नेपाली साथिहरुसङ्ग समन्वय गरेर नेपालमा बिभिन्ना गम्भीर बिरामी परेका सल्यानीहरु अनि विभिन्न आपत बिपतको घडीहरुमा सरसहयोग गरेको यो ग्रुपले यतिबेला आफ्नै ग्रुपका सदस्यहरुसङ्ग मात्र सहयोग संकलन गर्ने निर्णय गरेको भएतापनि अभिभावक सस्थाको अध्यक्षको हैसियतले सल्यानी समाज दक्षिण कोरिया का अध्यक्ष टरसिङ्ग पुन पनि उक्त अभियानमा जोडिनुभएको थियो।
सहयोग गर्ने व्यक्तिहरुको नामावली
१. भिमराज बुढाथोकी –५५,०००वन
२. विकास रोका –७०,०००वन
३. प्रेम बोहरा –५५,०००वन
४.मोहन रेउले –५५,०००वन
५.अमरसङ्गम ओली –५५,०००वन
६.रमेश बस्नेत –४१,०००वन
७.बुद्धिराज बुढाथोकी –४१,१११वन
८.तिलक के।सी –५१,०००वन
९.लिलाधर बोहरा –५५,५५५वन
१०.भिम बुढाथोकी –५०,०००वन
११.भिम बुढाथोकी –३१,१११वन
१२.टोपेन्द्र बोहरा –५५,०००वन
१३.हिमशिखर रेउले –२०,०००वन
१४.धारणा कवर –५०,०००वन
१५.खिमराज बि।क। –५५,०००वन
१६.तिलक मगर –५५,०००वन
१७.कृष्ण रोका –५१,०००वन
१८.यास्मिना हार्डवयर ढोरचौर –५५,०००वन
१९.टरसिङ्ग पुन –२५,०००वन
जम्मा –९,२५,७७७ कोरियन वन
नेपाली बिनिमय अनुसार रु.८९,४२६ र
हस्तान्तरण गरिएको रकम रु.८४,२७३
हस्तान्तरण गर्न बाकी रकम रु.५,१५३

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु