सल्यानमा सडक दुर्घटनामा परि घाइते भएका वलीकाे मृत्यु

सल्यान । सल्यानमा टिपर र माेटरसाइकल ठाेकिदा घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु भएको छ।

बिज्ञापन

बुधबार बिहान बागचौर नगरपालिका -५ बाङ्गेलाखुरी नजिकै रुकुम पश्चिमबाट दाङ जादै गरेको ना ७ ख ९७८२ नम्बरको टिपर र साेहि दिशा तिरै आइरहेको रा ४ प १४६७ नम्बरको माेटरसाइकल ठाेकिदा माेटरसाइकलकाे पछाडि सवार सल्यान बागचौर नगरपालिका -१२ का वीर बहादुर वली गम्भीर घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाडौ लगिएको र त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।

बिज्ञापन

अगाडि रहेको टिपरलाई पछाडिबाट ओभरट्याक गर्नेक्रममा दुर्घटना भएको माेटरसाइकल टिपरमा ठाेकिएकाे थियाे। मृतक वली पेशाले शिक्षक हुन। उनले बाल जागृत प्रा.वि. बागचौर नगरपालिका -१२ बाफुखोला ओख्रेनीमा अध्यापनरत थिए।
प्रहरीले टिपर चालक राेल्पाकाे सुनछहरी गाउँपालिका -४ का माेहन पुनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक धमलाले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु