सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु

सल्यान जिल्लाको बनगाड कुपिन्डे  नगरपालिका वडा न. ८ मा रहेको कुपिण्डे तालमा पौडि खेल्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा शारदा नगरपालका वडा न. ९ कि ३२ बर्षिया कमला कवर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी भवानी धमलाले जानकारी दिएका छन ।

बिज्ञापन

धमलाका अनुसार उक्त महिला विहाना ७ बजे कुपिन्डे तालमा पौडिखेल्ने क्रममा डुबेको र डुबेको थाहा पाउन साथ तत्काल स्थानियले तालबाट कमलालाई उदार गरेका थिए ।उदार गर्दा शास भने रहेको थिएन .तर कमलाका आफन्तले भने बचाउने आशा राखेर तत्काल सल्यान जिल्ला अस्पतालमा लगेका थिय , अस्पतालले मृत घोषणा गरेको थियो । कुपिण्डेका स्थानियका अनुसार कमलाले रुदा्रक्षको माला लगाएर तालमा पौडि खेल्दा देबताको शक्तिले तानेको भनाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु