सरकार ठिक ढङगले , आग्रहबाट मुक्त भएर, जिम्वेवारी बोधका साथ आओस : गगन थापा

नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगन थापाले गृहमन्त्रि रवि लामिछानेले लगाएको आरोपहरुको खण्डन गर्दै सरकारसंग जवाफ मागेका छन । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लामिछानेले लगाएको आरोपहरुको अपनत्व प्रधानमन्त्रिले नै लिनुपर्ने बताएका छन । यति मात्र नभएर उनले सरकारसंग जवाफ माग्दै सरकारसंग बसेर बिभिन्न बिषयमा सल्ला गर्नुपर्ने बताएका छन । उनले भनेका छन ,हमासको कैदमा रहेको बिपिन जोशीको बारेमा सरकारसंग प्रश्न गर्नु छ , रुसमा सेनाको रुपमा भर्ना भएको नेपालीहरुको बिषयमा प्रश्न गर्नुछ , मान्य प्रधानमन्त्रिलाई अनशन बसेको दीपक अधिकारीको बारेमा प्रश्न गर्नुछ ,सुर्यबिनासको बिषयमा खाली गाग्रो बोकेर सडक आन्दोलनमा उत्रेको आन्दोलनकारीहरुको पक्षबाट सरकारलाइ प्रश्न सोध्नु छ , निर्माण व्यवसायीहरुले भुक्तानी किन नपाएको यसबारेमा पनि सरकारसंग प्रश्न सोध्नुछ , सगरमाथामा चाप बढेको कारणले प्रत्येक दिन मानिसहरुको लास उठाएर ल्याउनेमात्र होइन , सगरमाथा आरोहणको नया सोच बनाउने बिषयलाइ लिएर पनि सरकारसंग सल्ला गर्नुपर्नेछ , साथै केहिदिन पछि सुरु हुने मनसुनले जुन आतंक मच्चाउने वाला छ यसबारे सरकारको तयारी छ की छैन यस बिषयमा पनि सरकारसंग सल्ला गर्नुपर्ने छ । उनले भनेका छन , सरकारलाइ आरोप मात्र लगाउन प्रश्न गरेका होइनौ , यसमा हामी आफै पनि जिम्वेबार छौ । यसबारे सरकारसंग बसेर यसै सदनमा छलफल गर्नु छ । की प्रधानमन्त्रिले स्वामित्व लिनुहोस हाइन भने यी सबै कुराको हिसाब किताब लिइन्छ , यसै सदनमा लिइन्छ उनले भनेका छन । संसदलगत्तै थापाले पत्रकार सम्मेलन गरी त्यसको प्रमाण देखाउन चुनौती दिदै गृहमन्त्रि तेरो फाइल खोलिदिउ अनुसन्धान गरीदिउ भन्दै चर्किने होइन धमाधम फाइल खोल्ने , अनुसन्धान गर्ने , र दोषी भए कार्वाही गर्ने भन्दै आफ्रनो अभिव्यक्ति दिएका छन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु