सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको ठहर गरेको छ ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बिज्ञापन

सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । लेखकले भने, ‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’।

बिज्ञापन

यस्तै, लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु