शर्माको नेतृत्वमा केएमसी) को स्वास्थ्य टोलीले दक्षिणकालीमा ६९३ बिरामीको निःशुल्क उपचार 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दक्षिणकालीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

बिज्ञापन

सक्रिय युवा समूह र फर्पिङ सेकेन्डरी स्कुल दक्षिणकाली नगरपालिका वडा ६ को आयोजना तथा केएमसीको प्राविधिक सहयोगमा फर्पिङ सेकेन्डरी स्कुलको  विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर गरिएको हो ।

बिज्ञापन

शिविरमा ६९३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिरामीमध्ये ८७ जनाको ईसीजी, ११३ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको थियो ।

बिज्ञापन

२७ जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु