व्यापारी श्रेष्ठको हत्याका अभियुक्त माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौँ । प्रहरीले माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई पक्राउ गरेको छ ।

बिज्ञापन

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार ठमेलबाट नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर खाम १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख समेत हुन् ।

सोही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु