विपक्षी दलको बैठक जारी

काठमाडौँ । संसद भवनमा नेपाली कांग्रेससहितको विपक्षी दलहरुको बैठक सुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसिरहेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

बिज्ञापन

सरकारले आज बजेट ल्याउने तयारी गरिरहेको छ । यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बसेको हो ।

बिज्ञापन

आज दिउँसो १ बजे बस्न लागेको सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु