लाली गुराँस : वनैभरी ढकमक्क… (फोटो फिचर)

अहिले लाली गुराँस फूल्ने मौसम हो । नेपालका पहाडि र हिमाली जिल्लाका वन लाली गुराँसले ढकमक्क भएका छन् ।

बिज्ञापन

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यले पनि आफ्नो राष्ट्रिय फूलका रुपमा राखेको छ ।

बिज्ञापन

विशेष गरी पहाडी भेगमा पाईने गुराँसको एक प्रजाती हो लाली गुराँस । यो फूल सामान्यतया फागुन, चैत र वैशाखमा फूल्छ ।

बिज्ञापन

फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठुलो हुन्छ । यसको पात लामो हुन्छ । पातको लम्बाइ लगभग ५ देखि १० से.मी. सम्म हुन्छ । यसको रुखको उचाई र आकार ठाउँ अनुसार फरक हुन्छ । निम्न पहाडी भू–भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठुलो र झ्याम्म परेको हुन्छ ।

विश्वमा लाली गुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँस पाइन्छन् । यसै वर्गमा पर्ने सेतो गुराँस अर्थात ३ हजार मीटरभन्दा माथिको उचाइमा पाइन्छ । गुराँसको राजधानी भनेर तीनजुरेलाई मानिन्छ ।

यसको फूललाई जुस बनाउन प्रयोग गरिन्छ । यो पतझड वर्गमा पर्दछ । यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ ।

नेपालमा पाइने लाली गुराँसका प्रजातिहरू औषधि मानिन्छन् । लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ ।

विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा छ । इलामको मङ्गलबारेमा १६.१ मीटर अग्लो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ ।


प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु