लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ


आईतवार नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १२ को ३२ वर्षीय सचिन राना रहेका छन् । जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा निज बसेको बसको १ (११) नम्बरको सिट पक्राउ गरेको हो ।

बिज्ञापन

निज सचिन रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन रानालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताउनु भयो ।

बिज्ञापन

उहाँले भन्नुभयो, ‘लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित २०८१ जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको १ (११) नम्बरको सिटमा सवार जिल्ला बाँके कोहलपुर नगरपालिका १२, वर्ष ३२ का सचिन रानालाई चेकजाँच गर्दा निज सचिन रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन रानालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको छ ।’

त्यस्तै प्रहरीले जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ । आईतवार उनीहरुलाई पनि सार्वजनिक गरिएको हो । बर्मा देश भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले तुषार अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान बरामद गरिएको बताउनु भयो ।

बिज्ञापन

उहाँले भन्नुभयो, ‘२०८१ जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा बर्मा देश भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल समेतलाई नक्कली कम्पनीको लेबलिङ गरिएको तथा गर्दै गरेको अवस्थामा निम्न थान कम्प्युटरसहित नियन्त्रणमा लिनुका साथै उमेश मुडभरीलाई नक्कली कम्पनीको लेबलिङ गरी न्युरोडमा पसलमा बेचबिखनको लागि थान ६ सहित नियन्त्रणमा लिइएको । तुषार अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान, उमेश मुडबरीबाट कम्पनीको लागोसहितको मनिटर थान ६ गरी जम्मा बरामद २८६ थान रहेको छ । पक्राउ संख्या २ जना रहेको छ ।’

उहाँले उमेश मुडभरीलाई नक्कली कम्पनीको लेबलिङ गरी न्युरोडमा पसलमा बेचबिखनको लागि लैजाँदै गर्दा ६ थान मनिटरसहित नियन्त्रणमा लिइएको बताउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु