राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत गर्नुभएको छ ।

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए ।

बिज्ञापन

आईतबार राष्ट्रपतिले नेपालको राजीनामा स्वीकृत गर्नुभएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु