रवि लामिछानेका सीईओले तलब नपाएपछि छाडे जागिर

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका सीईओले तलब नपाएपछि जागिर छाडेका छन् ।

बिज्ञापन

उनका सीईओ हेमन्त बरालले जागिर छाडेका हुन् । उनी निकट स्रोतका अनुसार उनले तलब नपाएपछि बाध्य भएर जागिर छाडेका हुन् ।

बिज्ञापन

रविले चितवन २ रहेको कार्यालयमा राखिएका विदेशबाट आएका सीईओ बरालले तलब नपाएपछि राजीनामा दिएर बसेका हुन् ।

उनको राजीनामा अझै स्वीकृत नभएको बताइएको छ । उनले घर चलाउनका लागि अर्कै जागि खोजेका छन् ।

बिज्ञापन

यसअघि रविले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा आफूलाई सहयोग गर्न सीईओ नियुक्त गरेका थिए । रविको प्रतिनिधिका रुपमा चितवन २ मा काम गर्ने अभिभारासहित उनी नियुक्त भएका थिए ।

बेलायतको विश्वविद्यालयबाट आईटीमा स्नातकोत्तर गरेका बराल फिलिपिन्सबाट फर्केर रविसँग काम गरेका थिए ।

सीईओ बन्नुअघि उनले रास्वपाको बागमती प्रदेश सभा निर्वाचन क्षेत्र समितिका लागि प्रारम्भिक चुनावमा भाग लिएर छानिएका थिए । तर सीईओमा नाम निस्केपछि त्यहाँ राजीनामा दिएका थिए ।

उनी शुरुआती चरणमै तलबका बारेमा तय नभइकनै रास्वपाको कार्यकर्ताको शैलीमा रविसँग काम गर्न सहज दखिएको मिडियामा बताएका थिए ।

तर अहिले आएर तलबसमेत रोकिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । विदेशको जागिर छाडेर नेपाल आएका उनीमाथिको घातले रास्वपाले युवाहरुमाथि सोचेको परिकल्पना रवि स्वयंले असफल बनाउँदै लगेको पनि स्पष्ट हुन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु