रविलाई बहस गर्न संसदीय छानबिन समितिमा आउन कांग्रेसको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि संसदीय समितिको कार्यालयमा आउन आग्रह गरेका छन् ।

बिज्ञापन

बुधबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै दिएको अभिव्यक्तिबारे समितिमा बहस गर्न आग्रह गरेका हुन् ।

बिज्ञापन

“माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस गर्नका लागि ठाउँ निर्धारित गर्न चाहन्छु । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रण गर्न चाहन्छु,” शर्माले भने। उनले गृहमन्त्रीको सहजताका लागि नै संसदीय समितिको माग गरेको बताए ।

उनले गृहमन्त्रीको जवाफ मिडियाबाट सुनिएको भन्दै अब संसदीय छानबिन समितिमा जवाफ दिन पाउनुपर्ने बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु