युवा नेता शाहीको टिप्पणी सहकारी ठग्नेका विरुद्ध कांग्रेस बोल्दा केपि ओलि संसदमा लडाकु शैलिमा प्रस्तुत भए

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही पुर्वी नेपालका पहाडी जिल्लाहरु रामेछाप,ओखलढुंगा,हुँदै सोलुखुम्बु जिल्लाको सल्लेरिमा पुग्नुभएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा भेटघाट गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो। उक्त भेटघाट कार्यक्रममा बोल्दै युवा नेता शाहीले पार्टीलाई चौतर्फी आक्रमण भईरहेको औल्याए। तर, उनले भने नेपाली कांग्रेस जुनसुकै शक्तिले आक्रमण गरेपनि पार्टीलाई कुनै असर हुँदैन त्यसका लागी तपाईं इमानदार कार्यकर्ताले लड्नुपर्छ। उनले भने नेपाली कांग्रेसको केन्द्रमा सबै नेताहरूको अहिले एकताबद्दको सन्देश छ।आजका दिनमा सबै जिल्लामा एकताबद्द हुन विकल्प नरहेको औल्याउँदै पार्टीमा समान अवसर र सुदृढ संगठनमा सौहार्दपुर्ण वातावरण रहिरहनु पर्ने धारणा राख्नुभयो।
नेपाली कांग्रेसको सिद्धान्त,मुल आदर्श र विचार आज बिपि कोईराला मात्रै हामीले किन खोज्ने गर्छौ त, त्यो किन हो भने उहाँको इमानदारीता र नैतिकता हो, दुरदर्शिता हो भन्दै शाहीले कांग्रेसका सबै कार्यकर्ता निष्ठावान हुनुपर्ने तर्क राखेका थिए।
कार्यक्रममा पार्टीका नेताहरू,जिल्ला समन्वय प्रमुख,भातृ शुभेच्छुक संस्थाका शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु