म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् ।

इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए ।

बिज्ञापन

ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै आउट गरे । यसअघि सन् २००९ मा केभिन पिटरसनले कोलकाता नाइट राइडर्सविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए ।

बिज्ञापन

पिटरसनले ब्रेन्डन म्याकुलमलाई विराट कोहलीबाट क्याच आउट गराएका थिए ।

आरसीबीले शनिबार भर्चुअल नकआउट खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गर्यो । एम चिन्नास्वामी रंगशालामा भएको खेलमा आरसीबीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु