मेरो सपना पूरा नभए पनि म खुसी छु , किनकी मेरो देशको सपना पूरा भएको छ ः सन्दीप लामिछाने

काठमाडौँ । टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् ।

बिज्ञापन

उनको भिसाको लागि नेपाल क्रिकेट संघ ९क्यान०ले पहल गरिरहेको भए पनि सन्दीपले आजसम्म भिसा पाउन सकेका छैनन् ।यसैबीच, सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो सपना पूरा हुन नसकेपनि देशको सपना पूरा भएको भन्दै आफू त्यसमा खुसी भएको उल्लेख गरेका छन् ।

बिज्ञापन

उनले भनेका छन् – मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।

नेपाल विश्वकप २०२४ का लागि छनोट हुँदा सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । नेपालले २०१४ पछि १० वर्षको अन्तरालमा दोस्रो पटक विश्वकप खेल्दैछ ।

बिज्ञापन

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु