महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक

एजेन्सी । आईसीसीले महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता बंगलादेशमा आयोजना हुनेछ ।

प्रतियोगिता अक्टोबर ३ बाट सुरु हुनेछ । पहिलो खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।

बिज्ञापन

पहिलो सेमिफाइनलको भने १७ अक्टोबरमा र दोस्रो सेमिफाइनल १८ अक्टोबरमा हुनेछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ ।

बिज्ञापन

आईसीसी महिला टी–२० विश्वकप २०२४ मा कुल २३ खेल खेलिने छन् । यी खेलहरू १९ दिनमा ढाका र सिलहटमा हुनेछन् । प्रतियोगिताका लागि दुई समूह बनाइएको छ । समूह ए मा पाँच टोली छन् । समूह बी मा पनि पाँच टोली छन् ।

समूह ए मा भारत, पाकिस्तान, अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्वालिफायर १ का टोली हुनेछन् । समूह बी मा दक्षिण अफ्रिका, इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर २ टोली रहेका छन् ।

बिज्ञापन

प्रतियोगितामा प्रत्येक टोलीले कुल चार समूह खेल खेल्नेछन् । यसपछि प्रत्येक समूहबाट दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु