महामन्त्री थापाले भैरहवा बाट ”संवाद यात्रा” सुरु गर्ने

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ”संवाद” यात्रा पुन सुरु गर्ने भएका छन् ।                                                                              गत माघ २३ गते स्थगित भएको समुदायमा काँग्रेस ”संवाद यात्रा” लुम्बिनी प्रदेशको रूपन्देहीको भैरहवाबाट सुरू गर्न लागेको हो ।

बिज्ञापन

चैत्र १५ गतेबाट सुरू हुन लागेको समुदायमा काँग्रेस संबाद यात्रामा सहभागी हुन लागेका टोलीका सदस्य युबा नेता मनिष कोईरालाले जानकारी दिए अनुुसार रूपन्देही जिल्लाको १,३,४,५ निर्बाचन क्षेत्रहरूको खुल्ला संबाद उधोग ब्यवसायी सरोकारवाला संग अन्तरक्रिया, गाँउपालिका अबलोकन र छलफल, बिश्वबिधालय स्तरको अन्तरक्रिया कार्यक्रम रहेको छ ।

बिज्ञापन

नेपाली काँग्रेसका नेता केशब कुमार बुढाथोकीको मृत्युपछि रोकिएको संबाद यात्रालाई निरन्तरता दिन नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा बुद्द एअरको उडान बाट संबाद यात्राको टोली सहित चैत्र १४ गते साँझ भैरहवा पुगी सक्ने युबा नेता मनिष कोईरालाले बताएका छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु