मन्त्री फेर्ने कुरा अहिले मिडियालाइ थाहा दिनु हुदैन: माधव नेपाल

काठमाडौं

बिज्ञापन

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् ।

बिज्ञापन

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन् ।

बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिइ खुसुक्क फेर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने नेपालको भनाइ छ ।

बिज्ञापन

उनले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलबीच विवादको विषय नबन्ने जिकिरसमेत गरे । नेपालले न्यायिक निमीत , अधिकारको निम्ति लडनेलाई कसैले पनि प्रतिबन्ध लगाउन नमिल्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु