भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटियो

ठमाडौँ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।

बिज्ञापन

इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण  देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ ।  वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको हो ।

बिज्ञापन

इन्टरनेट काटिनुको जिम्मा सरकारले लिनुपर्ने सेवा प्रदायकहरुको भनाइ छ । उनीहरुका अनुसार भुक्तानी दिन सरकारी प्रक्रिया अवरोधका रुपमा रहेको छ । यसैबिच नेपाल टेलिकमको इन्टरनेट सेवा भने अवरुद्ध नभएको टेलिकमका अधिकारीहरुले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु