बालेनलक्षित ओलीको कटाक्ष – भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग परेजस्तै


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् ।

बिज्ञापन

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल–जवाफका क्रममा ओलीले बालेनले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे ।

बिज्ञापन

गिरीबन्धु प्रकरणमा आफूबारे बालेनले गरेको टिप्पणीलाई लिएर ओलीले भने ‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । यो त झिंगाले भैंसीलाई चार लात्ती हानेँ भनेर दंग परे जस्तै कुरा हो ।’

यस्तै, अध्यक्ष ओ‌लीले बालेनतिर लक्षित गर्दै सबैले परिपक्व राजनीति गर्नुपर्ने बताए । उनले भने ‘राष्ट्रिय राजनीतिलाई एउटा परिपक्क, जिम्मेवार र सभ्य बनाउनुपर्छ, सही दिशामा लानु पर्छ । हामी सबैले मिलेर असभ्य राजनीतिलाई राम्रो बाटोतिर लानुपर्छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु