बालेनप्रति गुनासो छैन, तर न्युरोडको तोडफोड कानूनसम्मत छैन – यातायात मन्त्री महासेठ

काठमाडौं । उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चालेको कदमप्रति कुनै गुनासो नभएको बताएका छन् ।

काठमाडौंको सडकलाई लिएर संघीय सरकारसँग असन्तुष्टि जनाउँदै मेयर शाहले शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो ।

बिज्ञापन

सडक विभाग अगाडि धुलोसहितको फोहोर थुपारीएको सन्दर्भमा मन्त्री महासेठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिज्ञापन

उनले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भने – ‘मलाई लाग्छ, कलंकी–महाराजगन्जको मुद्दा जसरी अगाडि ल्याउनुभएको छ, त्यसलाई सल्लाहका रूपमा लिएको छु । शनिबार दिउँसो मेयर शाहले सार्वजनिक गरेको भनाइप्रति आपत्ति छैन । तर न्युरोडमा भइरहेको क्रियाकलापलाई कानूनसम्मत मान्न सकिन्न ।’

कलंकी–महाराजगन्ज सडक विस्तार नभएको भन्दै काठमाडौँ महानगरपालिकाका कर्मचारीले शनिबार सडक डिभिजनको गेटअगाडि एक ट्रक धुलो उपहार भन्दै  थुपारि दिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु