बाख्रालाई हैजाजन्य रोग नलागोस भनेर मधेश प्रदेशले चैत्र पहिलो साता पीपीआर खोप अभियान संचालन गर्दै

जनकपुर, ३० फागुन । मधेश प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरले आफ्नो मातहतमा रहेका जिल्लामा बाख्रालाई हैजा नलागोस भनेर पीपीआर खोप लगाईने भएको छ । प्रदेशले चैत्र १ देखि ७ गते ‘रोग नियन्त्रण र रोकथामको लागि सप्ताहव्यापी खोप अभियान कार्यक्रम’ संचालन गर्ने भएको छ ।

बिज्ञापन

मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएअनुसार प्रदेश मातहतमा रहेका जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत ७ लाख ९२ हजार बाख्राहरुलाई खोप लगाउने अनुमान गरेको छ । यसकालागि प्रदेशले फोकल पर्सन समेत तोकेको छ । जम्मा भ्याक्सीनेटर नियुक्ती ४८३ भइसकेका छन् । खोप यो सात दिनभित्र लगाई सक्न मन्त्रालयले अनुरोध गरेको छ । यसकालागि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु