बाँकेमा खुलेआम यौन धन्दा, साँझपख हुने बित्तिकै आइपुग्छन् युवतीहरु होटलमा

बाँकेमा खुलेआम यौनजन्य ब्यवसाय फस्टाउँदै आएको छ ।

बिज्ञापन

देशमा आर्थिक मन्दी चलिरहेको समयमा पैसा कमाउने लोभमा बाँकेका विभिन्न स्थानमा यौनजन्य ब्यवसाय मौलाउदै गएको तथ्य खुलेको हो ।

बिज्ञापन

बाँकेकै ठूलो शहर नेपालगन्जको न्युरोड, धम्बोझी, आदर्शनगर चोक र कोहलपुरका दशबीघा आसपासका होटेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहक संग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका केही दृश्यहरु साँझ पख देख्न सकिन्छ । सडक पेटिमा ग्राहक खोज्दै र बार्गेनिङ गर्ने यौनजन्य क्रियाकलापमा संलग्न युवतिहरु सक्रिय रहने गरेको छ ।

नेपालगन्जका एक जना स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बाँकेको नेपालगञ्ज स्थित आदर्शनगर चोकमा रहेको एक होटलमा खुलेआम यौनजन्य व्यवसाय भइरहेको बताउँछन् । यस्तो गतिविधि भइरहेको खबर प्रहरीलाई थाहा हुँदा समेत कुनै एक्सन नलिएको उनले गुनासो गरेका छन् ।

बिज्ञापन

यसै सन्दर्भमा बाँके अपडेट मिडियाका निगरानीको टीम नेपालगन्जको धम्बोझी चोकको आसपास क्षेत्रमा राति करिब १० बजेको समयमा पुग्दा त्यहाँ खुलेआम सडक छेउमा ग्राहक संग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएको दृश्य फेला पारेको छ ।

उसो त बाँकेको नेपालगन्जमा मात्रै यौनजन्य क्रियाकलाप मौलाएको भने होईन , बाँकेकै राझाँ र कोहलपुर समेत यौनजन्य गतिविधिको लागी चर्चित छ । कोहलपुर भने यौनजन्य क्रियाकलापको लागि अझ सुरक्षित रुपमा हेर्ने गरेको धेरैको जिकिर छ । कोहलपुर नजिक रहेका होमस्टे तथा होटेलहरुमा निर्वाध रुपमा यौनजन्य क्रियाकलाप हुने धेरैले बताउदै आएका छन् ।

यस्तो यौनजन्य गतिविधिको लागी होटल सञ्चालककै पहिलो भूमिका रहेको देखिएको छ । युवतीहरु होटल सञ्चलककै सम्पर्कमा हुने र ग्राहकहरु आए पछि होटल सञ्चालकले बोलाइदिने स्रोतले जानकारी दिएको छ । यस्तो क्रियाकलाप गरे बापत रु १५०० देखि थोरैमा रु ५००० हजार सम्मको बार्गेनिङ हुने स्रोतले बताएको छ । यसमा १७ वर्ष देखि ३० वर्ष सम्म कि युवतीहरुको बढी संलग्नता रहेको पाइएको छ ।

उसो त समय र सुचना तथा प्रविधिको बिकास संगै यौन ब्यवसाय र त्यसको बार्गेनिङ अनि सेटिङमा समेत ठूलो परिवर्तन आएको छ । बिभिन्न सामाजिक संजाल, फोन सम्पर्क तथा विभिन्न च्याट प्लेटफर्म मार्फत मोलमोलाइ हुने र स्थान समेत निर्धारण गर्ने गर्दै आएको कारण प्रहरी तथा प्रशासन उनिहरुको क्रियाकलाप सम्म पुग्न सकेका छैनन् भने कतिपय अवस्थामा प्रहरीकै संलग्न वा प्रहरीको संरक्षण रहने समेत प्रहरीलाई आरोप लाग्दै आएको छ ।

यस बिषयमा जिल्ला देखि वडा सम्माका सामान्य प्रहरी अधिकारिलाई जानकारी हुदा समेत कुनै एक्सन नलिँदा प्रहरी माथी प्रश्न चिन्ह उठेको छ । यस बिषयमा प्रहरी,प्रशासन,जनप्रतिनिधि र सचेत नागरिक सकृय हुन जरुरी छ ।

स्रोत ः बाँके अपडेट

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु