प्रमुख सचेतक शाहीले आज पनि संसदमा उठाए सन्दीपले भिसा नपाएको विषय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषय आज पनि संसदमा उठाएका छन् । बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक शाहीले टी–२० विश्वकपमा लामिछानेको ठुलो आवश्यकता महसुस भएको भन्दै भिसा नदिएकोबारे अमेरिकी राजदूतसँग प्रस्टीकरण सोध्नुपर्ने बताए ।

‘नेपालले हिजो १० वर्षपछि टी–२० विश्वकप खेल्यो । नेपालको चन्द्र–सूर्य झण्डा सञ्चार भर फरफरायो । तर, हामीले हिजो खेल हार्‍यौँ ,’ उनले भने, ‘सम्माननीय सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु – त्यहाँ सन्दीप लामिछानेको ठुलो आवश्यकता महसुस भयो । अदालत (उच्च अदालत पाटन)ले सफाइ दिएको, क्यानले स्वीकृत गरेको, आइसीसीले स्वीकृत गरेको एउटा खेलाडीलाई आयोजक देश (अमेरिका)ले भिसा किन दिएन ? सरकारले त्यो देश (अमेरिका)को राजदूतलाई प्रष्टीकरण  मीन नलिएको ?’

बिज्ञापन

अमेरिकासँग सरकार डराएर खुट्टा काँपेको देशको चन्द्र–सूर्य झण्डा अघि बढ्न नसक्ने शाहीले बताए । ‘सरकारले यसको जवाफ दिनुपर्छ । सन्दीप लामिछाने एउटा व्यक्तिको कुरा होइन । नेपाली क्रिकेट टिमको खेलाडी हो । नेपालको प्रतिनिधित्व गरेर विश्वकप खेल्न जाने हो । कुनै क्लबको खेल खेल्ने जाने होइन । त्यो भएकाले देशको जिम्मा हुन्छ ,’ उनले भने ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु