प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको सचेतक रमेश लेखकले जानकारी दिए ।

बिज्ञापन

साथै, बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको उनले बताए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानमा कायमै रहने उनले बताए ।

बिज्ञापन

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको निर्णयले आजको बैठक पनि प्रभावित हुने देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु