प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

काठमाडौं । संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

बिज्ञापन

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमा आजको संसद् बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल हुने जानकारी दिए ।

बिज्ञापन

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले संसद् अवरोध गर्दै आएको छ । कांग्रेसको मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।

news by newspolar

बिज्ञापन
 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु