पूर्वी नवलपरासीमा गर्भवती महिलाको हत्या, श्रीमान पक्राउ

पूर्वी नवलपरासीमा एक जना गर्भवती महिलाको हत्या भएको छ।

बिज्ञापन

आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए।

बिज्ञापन

मृतक ३४ वर्षीया चनिसरा लम्कामगर छन्। उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरलाई पक्राउ गरेको छ।

घटनाबारे स्थानीयले आइतबार बिहान करिब ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पौडेलको टोली घटनास्थलमा खटिएको थियो।

बिज्ञापन

डिएसपी पौडेलका अनुसार आरोपित श्रीमान शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिएका छन्।

गएराति श्रीमान-श्रीमतीसँगै खाना खाएर सुतेका थिए। १ बजेतिर भने एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी हत्या गरेको देखिएको छ।

‘अंशिक मानसिक रूपमा अस्वस्थ देखिएका छन्। राति केही मानिसले भाटा बोकेर लखेटेको, त्यसपछि केहीबेर भागेँ भनेर पनि भनेका छन्,’ उनले भने, ‘त्यसपछि जुध्न पर्‍यो भनेर हतियार प्रहार गरेको भनेर भनेका छन्।’

शेरबहादुरको टाउकोमा समेत चोट लागेको देखिएको छ। यद्यपि उनले भनेजस्तो घटना भएको नदेखिएको डिएसपी पौडेलले बताए।

होशमा आएपछि आफ्नी श्रीमती मृत अवस्थामा देखेपछि शेरबहादुर नजिकै रहेका आफ्ना आमा-बुवालाई बोलाउन गएका थिए।

मृतक चनिसरा गर्भवती पनि थिइन्। उनको यही महिना डेलिभरी हुन लागेको थियो। डेलिभरी हुन लागेकाले हल्ला भएको भन्ने सुनेर स्थानीय उक्त घरमा पुगेका थिए।

त्यसपछि प्रहरीलाई खबर भएको थियो। प्रहरी पुग्दा श्रीमान शेरबहादुर पनि घटनास्थलमै थिए। अहिले उनी प्रहरीको नियन्त्रणमा छन्।

प्रहरीले घटनास्थलको मुचुल्काको काम गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु