न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

काठमाडौं । न्यूरोडमा महानगरले भत्काएको पीच टाल्न पुगेका सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडक सोमबार बिहान विभागले पिच गर्न थालेको थियो । सडक टाल्ने काममा मेयर बालेन शाहका समर्थकले अवरोध गरेपछि विवाद सिर्जना भएको छ ।

बिज्ञापन

सोहि क्रममा न्यूरोड पुगेका सडक विभागका प्रतिनिधि र महानगरका प्रहरीबीच पनि विवाद भएको हो ।

बिज्ञापन

मेयर शाहको निर्देशनमा जेठ १२ गते पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनको अल्टिमेटम दिएर सडक जस्ताको तस्तै पार्न भनेको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले सडक टाल्न सुरू गरेको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु