नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर सुनिलकुमार शर्माको  निशुल्क स्वास्थ्य शिविर काभ्रेको साँगामा सञ्चालन

काठमाडौं ।  देशभर  निःशुल्क स्वास्थ्य सेवाको अभियान चलाईरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ्य शिविर काभ्रेको साँगामा सञ्चालन गरिएको छ ।

बिज्ञापन

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ६७८ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, ७५ जनाको ल्याब परीक्षण, १०५ जनाको भिडियो एक्सरे गरिएको छ ।

बिज्ञापन

शिविरमा आएका मध्ये १५ जनाको दाँत खोलिएको तथा ३७ जनालाई थप उपचारका लागि ओटी रेफर समेत गरिएको छ । गम्भिर प्रकारका रोग देखा परेका तथा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने बिरामीलाई रेफर गरिने गरिएको केएमसीका जनरल मेनेजर दाहालको भनाई छ ।

शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतका सेवाहरु दिइएको छ । सांसद शर्माले केएमसीको स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविरको अभियान चलाएका हुन् । साँगको निःशुल्क स्वास्थ्य शिविर सयपत्री बचत तथा ऋण सहकारी संस्था र काठमाडौं सक्रिय युवा समुहसँगको सहकार्यमा आयोजना गरिएको हो ।

बिज्ञापन

तस्बिरहरु

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु