नेपालले आज क्यानडासँग पहिलो औपचारिक वार्मअप म्याच खेल्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले आज सोमबार पहिलो औपचारिक वार्मअप म्याच खेल्दैछ ।

हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।

बिज्ञापन

नेपाल र क्यानडाबीचको अभ्यास खेल डलासमा ग्रान्ड प्रेरी स्टेडियममा राति ९ः१५ बजे सुरु हुनेछ ।

बिज्ञापन

नेपालले आफ्नो दोस्रो खेल आयोजक राष्ट्र अमेरिकासँग मे ३० तारिखमा खेल्नेछ । दोस्रो अभ्यास खेल पनि डलासमै खेलिने छ ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

बिज्ञापन

नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु