नेदरल्यान्ड्सले दियो १२१ रनको लक्ष्य, नेपालको शानदार बलिङ प्रदर्शन

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाएर सय २० रन बनाएको हो ।

बिज्ञापन

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा चौका र छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २६ बलमा दुई चौका प्रहार गर्दै २४ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाए ।

बिज्ञापन

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै विकेट लिए । आफ्ना तीन शिकारलाई बोल्ड गरेका उनले ओभरमा एक मेडन ओभर राख्दै मात्र १३ रन खर्चेर ती विकेट लिए । त्यस्तै, कुशल मल्ले ओभरमा किफायती बलिङ गर्दै १८ रन खर्चेर विकेट लिए ।

यसअघि ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारे ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु