नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक्सकाभेटर अपरेटरको मृत्यु

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोमा परी एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ।

इच्छाकामना–५ स्थित तुइन खोला पुल नजिक सडक छेउमा नाला खन्नेक्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरीको मृत्यु भएको हो ।

बिज्ञापन

पहिरोमा परी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

बिज्ञापन

पहिरोमा पुरिएर एक्सकाभेटर पूर्ण रुपमा क्षति भएको छ भने ना ५ ख १५११ नम्बरको ट्रकलाई पनि असर गरेको डिएसपी रिजालले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु