नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

बिज्ञापन

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको उल्लेख गरेका छन् ।

बिज्ञापन

सार्वजनिक उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।

बिज्ञापन

उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी रहेको र यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यस्तो छ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ सम्पत्ति विवरणः

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु