नक्कली सुन देखाएर करिब ८ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ परे

काठमाडौं— एक केजी सुन भागबन्डा गर्ने प्रलोभन देखाएर सात लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने वर्ष ३८ को छुल्टीम लामा, वर्ष ३३ को राजेन्द्र तामाङ, वर्ष २७ को चिनबहादुर लामा, काठमाडौं मुलपानी बस्ने वर्ष ३१ को मिलन भन्ने दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का वर्ष ४८ को जितबहादुर तामाङ छन् ।

बिज्ञापन

प्रहरीका अनुसार माघ १७ गते रामेछापको दोरम्बा गाँउपालिका–४ घर भई हाल भक्तपुर मधपुर ठिमी नगरपालिका कोरियन अस्पताल नजिकै बस्ने वर्ष २४ की विनिता थापा मगरलाई अपरिचित व्यक्तिले फोन गरी १ केजी सुन छ लगानी गर्नु पर्‍यो बेचेर भागबन्डा गरौँला नाफा हुन्छ भनी सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारेका थिए ।

बिज्ञापन

उनीहरूले माघ २० गते भक्तपुर नगरपालिका–२ व्यासीबाट २ लाख ७५ हजार रुपैयाँ र २२ गते ५ लाख रुपैयाँ गरी जम्मा ७ लाख ७५ हजार रुपैयाँ लिई फोन स्विच अफ गरी फरार भएका थिए ।

माघ २६ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा दिइएको जाहेरीको आधारमा उनीहरु माघ २६ र २७ गते बोडेबाट पक्राउ परेका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु