द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने व्यवस्था गरौं, पैसा हैन : डा. सुनिल कुमार शर्मा

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् ।

बिज्ञापन

 

बिज्ञापन
आइतबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने बताए ।

उनले भने, ‘परिपूरण पैसामा मात्रै तुलना गरिन्छ । त्यो समाधान होइन । पीडित पक्षको परिवारको शिक्षाको निम्ति यो कानूनमा केही व्यवस्था गरौँ । उसले पढ्न चाहेको विषयलाई देशभित्र केही कोटाहरु राखिदिने हो कि ? पाँच/सात वर्ष कोटा राख्दा सकिइहाल्छ । पैसा भन्दा ठुलो हुन्छ त्यो । मधेश वा पहिचानको आन्दोलनलाई के भन्ने ? माओवादीले लडको जनयुद्ध हुने अरुले लडेको के हुने भन्ने प्रश्नको उत्तर खोजेर कानून बनाए दूरदर्शी हुन्थ्यो कि ।’

उनले माओवादीले लडेको युद्धलाई जनयुद्ध भन्ने भए अरुले लडेका युद्धलाई के भन्ने भनेर प्रश्न समेत गरे । सो प्रश्नको जवाफ खोजेर कानुन बनाउनसके दूरदर्शी कानून बन्ने उनको भनाइ छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु