‘द्रुतमार्ग’को ‘कछुवा गति’ : यही गतिमा निर्माण हुन २२ वर्ष लाग्छ !

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।

बिज्ञापन

वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई ‘सुस्तमार्ग’ हुनुपर्थ्यो ।

बिज्ञापन

निर्माण कार्य जे जसरी अगाडि बढे पनि सडक निरीक्षण गर्न जानेहरूको भने कमी छैन ।  नेपाली सेनाले हालै प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको द्रुतमार्गसम्बन्धी विवरणमा पछिल्लो एक वर्षमा सात वटा टोलीले निरीक्षण गरेको उल्लेख छ ।

पछिल्लो एक वर्षमा दलबलसहित द्रुतमार्ग निरीक्षण गर्न पुग्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती, अर्थमन्त्री डा. प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु