दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित भएको हो । योसँगै ५ खेलको सिरिज १–१ भएको छ ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५० रनमात्रै बनाउन सक्यो । नेपालका कप्तान रोहित पौडेलले ७१ रनको अविजित इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

बिज्ञापन

यस्तै, गुलशन झाले २६, लोकेश बमले १७, आरिफ शेखले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बिज्ञापन

बलिङतर्फ वेस्ट इन्डिज ए का ओवेड म्याककोइ, गुदाकेश मोतीले २–२ विकेट लिँदा ओशाने थोमस र रोस्टोन चेजले १–१ सफलता हात पारे । नेपालका तीन ब्याट्सम्यान रनआउटको शिकार बने ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १६० रन जोड्यो ।

बिज्ञापन

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले ३६ बलमा ४३, गुदाकेश मोतीले ८ बलमा ३३ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे । रोस्टोन चेजले २२ बलमा २३ रन जोडे ।

यस्तै, जोनसन चाल्र्सले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । यस्तै, सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु