देशले नचिनेका एक मान्छे मरिचमान सिंह श्रेष्ठ, आज फेरी सम्झौत

यो धर्तीमा जन्मेपछि एकपटक मर्नुपर्छ । यो धु्रव सत्य हो । तर मरेर पनि देश भक्तिखातिर राष्ट्रिय स्वाभिमानको लागि मरिमेट्ने वीर पुरुषहरु मरेर पनि नेपाली इतिहासमा बाँचिरहेका हुन्छन् । यस्तै महान् व्यक्तित्वहरु मध्येका एक थिए– मरिचमान सिंह श्रेष्ठ । मध्य पहाडी जिल्ला सल्यानको एउटा गरिब परिवारमा जन्मेका उनको बाल्यकालमा पनि छरछिमेकीहरुबाट निकै अपमान सहनुपरेको उनका समकक्षीहरु बताउँछन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै जीवनमा आएका यस्ता बाधा अड्चनसँग संघर्ष गर्दै स्नातक सम्मको अध्ययनपछि स्थानीय त्रिभुवन जनता माध्यमिक विद्यालयको प्रधानाध्यापक रहदा उहाँको कार्यकालमा एसएलसी परीक्षामा ९० प्रतिशतसम्म उत्तीर्ण हुने गरेको उहाँले पढाएका तत्कालिन विद्यार्थीहरुबाट सुन्न पाइन्छ ।

बिज्ञापन

एउटा सफल प्रधानाध्यापक यिनले भिमसेन थापालाई आदर्श मान्ने र राष्ट्र एवं राष्ट्रियताको सवालमा पिता पूर्खाले पसिना र रगतको खोलो बगाएर आर्जेको मुलुकमा कसैको गिद्देदृष्टि नपरोस् भन्ने चाहन्थे । यसको निम्ती केही गर्न राजनीतिक क्षेत्रभित्र प्रवेश गर्न खोज्दा जन्मस्थान सल्यान खलंगाबाट सफल नहुने षड्यन्त्रको गन्ध पाएकाले जिल्लाको विकट चाँदे करेन्जीबाट उपप्रधान पञ्च भई राजनीति सुरुवात गरेको तत्कालित चाँदै करेन्जी पञ्चायतका प्रधानपञ्च सुकबहादुर बुढाले बताउँथे ।

बिज्ञापन

वि।सं। २०२४ सालमा युवक संगठनको अञ्चल सभापति भएर राजनीतिको सिढी चढ्न शुरु गरेका उनले २०३९ सालदेखि निरन्तर सल्यान जिल्लाको प्रतिनिधित्व गरी भूमि सुधार सहायक मन्त्री, जलविद्युत तथा कानुन राज्य मन्त्री, शिक्षा मन्त्री हुँदै २०३८ देखि २०४२ सालसम्म राष्ट्रिय पञ्चायत अध्यक्ष एवं पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष र २०४३ जेष्ठ ३० देखि २०४६ चैत्र ४ गतेसम्म प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री हुँदा आफू अधिका प्रधानमन्त्रीभन्दा आफ्नो कार्यकालमा नितान्त फरक ढंगले निस्वार्थ, निडर एवं निर्भिक भएर काम गरेको पाइन्छ ।

वर्तमान व्यवस्थाका कांग्रेस, कम्युनिस्टका नेताहरु लोकप्रिय बन्न भ्रष्टाचारको सवालमा ‘शुन्य सहनशीलता’ शब्दलाई भाषणमा जति फलाकेपनि वास्तवमा त्यस्तो व्यवहार मरिचमानको कार्यकालमा भएको पाइन्छ । यसको उदाहरण त्यतिबेला भ्रष्टाचारमा लिप्त केही विशिष्ट कर्मचारीहरुले समेत जागीरबाट हात धुनुपरेको थियो । तत्कालिन प्रहरी प्रमुख आइजीपि डि।बि। लामा पेन्सनमा निस्केको भएपनि भ्रष्टाचार प्रकरणमा ९बहाल रहदा० जेल परेका थिए ।

बिज्ञापन

देशको बहुमूल्य धातुलगायत मूर्तिहरु चोरी निकासी प्रकरणमा प्रमुख हात रहेका तत्कालिन राजा वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र शाहलार्या राजदरबारको सम्पूर्ण सुविधाबाट च्यूत गरी उनका सहयोगी एडिसी भरत गुरुङ पनि जेल चलान भएका थिए । तत्कालिन विमर्श साप्ताहिक पत्रिकाका प्रधान सम्पादक पदम ठकुराठीलाई गोली हानेको अभियोगमा जगत गौचन भ्रष्टाचारकै अभियोगमा म्याग्दीका त्यतिबेलाका चल्तापूर्जा माननीय भिमप्रकाश गौचन पनि जेल परेका थिए । त्यतिबेला धनुषाको दुवै क्षेत्रबाट आफूसहित श्रीमतीलाई जिताएर स्वघोषित ‘शेरे धनुषा’ वन मन्त्री रहदा भ्रष्टाचारमा मुछिएकै कारण मन्त्री पद खुस्केर जेलको कोठरीमा पुगेका थिए ।

स्मरण रहोस्– त्यसरी भ्रष्टाचार अभियोगमा जेल अवधि भुक्तान गरेर निस्केका डि।बि। लामालाई बहुदलको आगमत पश्चात नेपाली कांग्रेसले रसुवा जिल्लाबाट माननीयमा जिताएर मन्त्री बनाएको इतिहास बुढापाकासँग बुझेमा स्पष्ट हुन्छ । मरिचमानकै शासन कालमा भारतले नेपाललाई हेप्ने र होच्याएने प्रवृत्ति एवं त्यस्तै प्रवृत्तिको शर्त नस्विकारेको कारण नेपालसँग सीमा जोडिएका २२ वटै नाका बन्द गर्दा देशमा केही कुराको कमी भएपनि अभाव हुन दिएनन् ।

नाकाबन्दीको अवधिमा मंहगीलाई नियन्त्रणमा राखे । यिनी सकारात्मक सोंचका धनी थिए । राजनीतिमा सिद्धान्त निष्ठा र इमानदारिताको अहम् भूमिका हुने मान्यता राख्दथे । तर उनीपछि सल्यानबाट र देशका अन्य निर्वाचन क्षेत्रबाट जितेर जाने प्रतिनिधिको राष्ट्रियता, सिद्धान्त एवं निष्ठाभन्दा व्यक्तिगत स्वार्थमा प्रेरित रहेको पाइन्छ ।

सबै नेताहरु दूधले नुहाएका हुँदैनन् । केही कमी कमजोरी जोसुकै सँग पनि हुनसक्छ । यद्यपि आफ्नो कार्यकालमा देश र जनताको हित हुने काम कसले कति निस्कलंकित रहेर ग¥यो भन्ने सवाल जनतासामू मूल्याङ्कनको पाटो रहन्छ । राजनीति गर्ने नेताहरुको चेष्ठा गर्नुपर्ने यी अहम् सवाललाई कुल्चेर मनपरी गर्ने हो भने घरमा आगो लगाएपछि खरानीको के कमी होला र १ जल, जमिन, जडिबुटी, जंगल र जनसहभागिता हुने प्रसस्त श्रोत साधनको धनी देश व्यवस्थापनको कमीकमजोरीले पछि परेको छ । केही गरौं भन्ने इच्छा शक्ति कुनै नेताको व्यवहारमा देखिएन ।

संसदलाई बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो, गफाडीहरुको गफ गर्ने अखडा भन्ने सिद्धान्त र मूल्य मान्यता राख्ने खाँटी कम्युनिस्ट भनिनेहरु आज संसदस्य व्यवस्थाको फोहोरी खेलको आहालमा चुर्लम्म डुबेको देख्दा राजनीतिक सिद्धान्त, नैतिकता र इमानदारिताको खडेरी परेको अहिलेको अवस्थामा मरिचमानको शासन कालमा भए गरेका कामहरुलाई कसैको दोषी चश्माबाट हेर्दा केही कमी कमजोरीका बाबजुद कुनै पूर्वाग्रह नराखी यथार्थमात्र उजागर गरिदिदा पनि प्रसस्त हुन्छ । उहाँलाई अनावश्यक शब्दजालले अतिरंजित गर्नुपर्ने केही छैन बरु उहाँ प्रेरणादायी ९राम्रा० कामको अनुशरण भएमा उनको सही मूल्याङ्कन र उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

लेखक ः टेकबहादुर थापा 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु