दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत

काठमाडौँ । दु:ख र पापबाट मुक्ति पाउने जनविश्वासका साथ प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीका दिन ‘मोहिनी एकादशी’ पर्व मनाइन्छ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत गर्नाले मानिस दु:ख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य पछिल्लो समय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताउनुभएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

बिज्ञापन

वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गर्नुभएको थियो । सीता वियोगका बेला दु:ख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्ठसँग यो जिज्ञासा राखेपछि यसको महत्वका बारेमा उहाँले प्रष्ट पार्नुभएको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको भट्टराईले बताउनुभयो ।

बिज्ञापन

गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतका बारेमा प्रष्ट पार्नुभएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आजका दिन व्रत गरेमा दु:ख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।रासस

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु