दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु 

 

बिज्ञापन

 

बिज्ञापन

काठमाडौँ । दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११ : ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ।

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजान खोज्दा  हतकडीसहित भागेपछि चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो।

बिज्ञापन

भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ। हिरासतमा रहेका कुवर हतकडीसहित महाकाली नदि पारगरी भारततर्फ फरार भएका छन्।

हिरासतमा रहेका कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए।

nepal status

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु